०२ असार २०८३, मंगलबार

अस्ट्रेलियामा म्याराथोन दौडमा प्रतियोगीहरूसँगै दौडियो कुकुर, पायो मेडल

अस्ट्रेलियामा म्याराथोन दौडमा प्रतियोगीहरूसँगै दौडियो कुकुर, पायो मेडल

काठमाडौं – अस्ट्रेलियाको कूलगार्लीमा आयोजित २१ किलोमिटरको हाफ म्याराथोन दौडमा प्रतियोगीहरूसँगै स्टोर्मी नामक कुकुर पनि दौडियो । रेस पूरा गरेपछि उसलाई मेडल पनि दिइयो ।

म्याराथोनका संयोजक एलिसन हन्टरका अनुसार, ‘मैले अहिलेसम्म यस्तो दृश्य देखेको थिइनँ । दौड शुरू हुनुअघि ऊ आफैं प्रतियोगीनजिक आयो । रेफ्रीले शुरू भन्नेबित्तिकै ऊ पनि प्रतियोगीहरूसँगै दौडियो ।’

स्टोर्मीले साढे दुई घन्टामा दौड पूरा ग–यो । 

प्रतियोगिताका आयोजक ग्रान्ट भलीले भने, ‘सबै प्रतियोगीहरू पुरस्कार राशिका लागि दौडिरहेका थिए तर स्टोर्मी चाहिँ रमाइलोका लागि दौडियो ।’

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्