काठमाडौं– प्रतिनिधिसभा की सांसद निरुदेवी पालले एक जना सांसद सुरक्षित छैन भने आम महिला कसरी सुरक्षित हुन सक्छन् भन्दै प्रश्न गरेकी छिन् ।
विहीवार संघीय संसद प्रतिनिधिसभाको विषेश समयमा बोल्दै सांसद निरुदेवी पालले मंगलबार(१५ गते) आफूमाथि घाँटीमा पेस्तोल ते¥स्याएर ज्यानमार्ने धम्की आएको भन्दै आम नेपालीमा सुरक्षाको प्रत्याभुति गराउँन सरकारसँग माग गरेकी छिन् ।
‘यो देशमा एक जना सांसद सुरक्षित छैनन् भने नेपाली चेलीहरुको अवस्था के होला ?’ सांसद पालले प्रश्न गरिन् ।
विशेष सयममा सांसद पालले आफूमाथि घटेको घटनाबारे संसदलाई यसरी जानकारी गराइन्
१५ गते साँझ आठ बजे र १५ मिनेटमा त्यो दिन म अलि चाँडै घर गएको थिए । र आठ बजे बाहिर दुध लिनका निमित्त पसलमा गए । मेरो घर जाने बाटो साँघुरो गल्ली छ अध्यारो थियो । म दुध लिन गइरहँदा गल्लीको मुखैमा एकजना रेनकोट लगाएको मान्छे थियो ।
त्यसलाई मैले तेति ध्यान दिइन ।
मलाई देखेपछि त्यो मान्छे मतिर मुख फर्काएर दिवालतिर आफू फर्कियो ।
र म तल पसलमा दुध लिन जाँदा त्यो गल्लीको अघि तिन चार वटा मोटरसाइकल थियो तीन चार जना मान्छे खुसुमुसु कुरा गरिरहेका थिए ।
म सिधैं दुध लिन गए त्यहाँ दुध नपाएपछि केही बेर(दुई तीनमिनेट) त्यहाँ कुरा गरेर माथिको पसमा गएर दुध लिएर फर्कने क्रममा मलाई खुट्टाले छेकेर सिधंै मेरो घाँटीमा पेस्तोल ते¥स्याएर... मेरो घाँटीमा अहिलेपनि दुखिरहेको छ । र निलो डाम छ, सभामुख महोदय ।
मलाई घचेटेर पेस्तोल तेर्साएर मलाई तर्साउनलाई खोजियो । मैले यो घटनालाई अलि पृथक ढंकले लिएको छु ।
मैले कसैलाई आक्षेप लगाउन खोजेको होइन ।
यो घटनाले यदी निरु पाललाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ भन्ने लागेको छ भने त्यो दिवा सपनामात्र हुनेछ ।
सभामुख महोदय,
भोलिको बैठकमा गइस् भने सम्मानीय प्रधानमन्त्रीको नाम यति घटीया रुपमा लिएर उहाँले पनि खोज्दा तेरो लाश भेट्टाउन सक्दैन भन्दै मलाई थ्रेट गरियो । मोबाइल खोस्दै गर्दा तैले हल्ला गरिस् भने तलाई यही ढालिदिन्छु भन्दै धम्काइयो ।
निरु पाल त २०१४ मै मरिसक्थ्यो यदी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी नभएको भए त्यतिबेलै मरिसकेको मान्छे...
मेरो त नाफाको जिन्दगी हो । त्यसैले मैले देश र राष्ट्रको नाममा गद्दारी गर्ने छैन भन्ने बाचा गरेको छु । ज्यानको प्रवाह नगरि देश र जनाताको पक्षमा लडिरहने छु । अन्तिम सास रहेसम्म म लडिरहेने छु ।
म पेस्तोल देखाएर डराउने मान्छे होइन ।
मलाई पेस्तोल देखाएर समितिको बैठकमा अन्यथा गर्न खोजिएको भन्ने पनि मलाईं लाग्दैन । मैले यसलाई पृथक ढंगले सोचरिहेको छु । तर पनि समितिको जे निर्णय आउँछ त्यो समितिको निर्णय हुनेछ ।
समितिलाई म आभार दिन्छु । समितिले एकतावद्ध हुँदै गम्भीर ध्यानाकर्षण गराएको छ र अन्य माननीयहरुको सुरक्षाको कुरा उठाइरहेको छ ।
सरकारलाई धन्यवाद दिन चाहन्छु । घटना घट्ने वित्तिकै मैले सरकार राज्य प्रमुखलाई खबर गरेको थिए । र सुरक्षादेखि अन्यकुरामा सतर्क गराउनु भएको छ । त्यसकुरामा सरकालाई धन्यवाद दिन चाहन्छु । निरुपाललाई मात्र होइन आम नेपाली चेलीहरुलाई पनि सुरक्षाको प्रत्याभुति गराओस् भन्ने सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।