३२ असार २०८३, बिहीबार

ओलीप्रति नारायणकाजीको आक्रोश–अरुलाई घन्टौं कुराउन मिल्छ ?

ओलीप्रति नारायणकाजीको आक्रोश–अरुलाई घन्टौं कुराउन मिल्छ ?

काठमाडौं– नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्र्टी अध्यक्षद्वयको आलोचना गरेका छन् । 

एक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड ढिला आएपछि उनले आक्रोश पोखेका हुन् । 

पार्टी अध्यक्षसँग असन्तुष्ट श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिएपनि स्वीकृत भने भएको छैन । 

तुल्सी अमात्य स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रम १२ बजे शुरु हने भएको भएपनि करिब २ बजेसम्म दुबै अध्यक्ष नआएपछि श्रेष्ठ आक्रोशित भएका हुन् । तुल्सी माअत्यको २१ औं स्मृतिमा आयोजित कार्यक्रममा केही

वक्ताले धारणा राखिसकेपछि प्रचण्ड पुगेका थिए । कार्यक्रममा अध्यक्ष नआएपछि श्रेष्ठपनि हिड्न लागेका थिए तर आयोजकले उनलाई रोक । 

अध्यक्षद्वय नआएपछि श्रेष्ठले सम्बोधन गदै समयको ख्याल गर्न आग्रह गरे । अरुलाई घन्टौं कुराउने कुरालाई सुधार गर्न उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई सुझाव दिए । 

उनले सरकारलाई सफल बनाउन सबै लाग्नुपर्ने धारणा राखे । 
 

salt training

कमेन्ट गर्नुहोस्