०२ असार २०८३, मंगलबार

सर्पले टोकेपछि त्यसलाई नै लिएर अस्पताल पुगिन् यी महिला (भिडियो)

सर्पले टोकेपछि त्यसलाई नै लिएर अस्पताल पुगिन् यी महिला (भिडियो)

काठमाडौं – सर्प देख्नेबित्तिकै धेरै मानिसको सातोपुत्लो उड्छ । तर कोही कोही चाहिँ बहादुरीपूर्वक उसको सामना गर्छन् । 

चीनमा एक महिलाले यस्तै बहादुरी देखाएर सामाजिक सञ्जालमा वाहवाही कमाएकी छन् । 

महिलालाई सर्पले नाडीमै टोकिदिएपछि उनी आत्तिइनन्, बरू सर्प नै लिएर अस्पताल पुगिन् । 

पिपुल्स डेली चाइनाका अनुसार, झेजियाङ प्रान्तको पुजिङ काउन्टीमा आइतवार एक महिला हातमा सर्प बेरेर अस्पताल आइपुगिन् । 

त्यसो त यो सर्प विषालु थिएन । महिलाले बहादुरीपूर्वक १.५ मिटर लामो लामो साँप पक्रेकी थिइन् । मानिसहरू उनको साहस देखेर छक्क परे ।

भिडियो 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्