२५ जेठ २०८३, सोमबार

युरोप भ्रमणबारे परराष्ट्रमन्त्रीले सदनलाई गराए जानकारी

युरोप भ्रमणबारे परराष्ट्रमन्त्रीले सदनलाई गराए जानकारी
फाइल फोटो

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले युरोपसँगको सम्बन्धले नेपालको विकास र समृद्धिका लागि ठूलो महत्व राख्ने बताएका छन् ।

पोर्चुगल, बेल्जियम र लक्जेम्बर्गको आफ्नो पछिल्लो भ्रमणबारे आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले युरोपबाट नेपालमा व्यापार, लगानी विस्तार र पर्यटन प्रवद्र्धनका विभिन्न सम्भावनाको खोजीका बारेमा गहन छलफल भएको बताए ।

नेपाललाई सन् २०२२ सम्ममा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील मुलुकको कोटीमा उकास्न वैदेशिक लगानीको आवश्यकताबारे समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तामा कुरा राखेको बताउँदै मन्त्री ज्ञावलीले युरोपमा रहेका नेपाली राजदूतलाई पनि आर्थिक कूटनीतिक प्रभावकारी भूमिका खेल्न निर्देशन दिइएको जानकारी दिए ।

गैरआवासीय नेपाली संघको भेलामा युरोपमा कमाएको साधन, स्रोत र प्रविधिलाई नेपालको विकास र समृद्धिमा लगाउन आग्रह गरेको बताउँदै उहाँले आफ्नो भ्रमणबाट नेपाल र युरोप बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्