१८ असार २०८३, बिहीबार

के एल मोबाइल मेला शनिबारदेखि, एक्सचेञ्जसँगै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाईल पाइने

के एल मोबाइल मेला शनिबारदेखि, एक्सचेञ्जसँगै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाईल पाइने

काठमाडौको चाबहि स्थित केएल मोबाइल हबले जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने भएको छ । मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै यस्तो अफर सञ्चालन गर्न लागेको हो । 

केएल मोबाइल हबले साउन १९ गते शनिबारदेखि २ साता चावहिल स्थित केएल मोबाइल हबमा मोबाईल मेला संचालन गर्दैछ । 

मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने मोबाइल हबकाबिक्री प्रबन्धक सन्दीप उप्रेतीले जानकारी दिए । उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ ।

केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेण्टमा मोबाइल किन्न सकिन्छ । शुन्य प्रतिशत डाउनपेमेण्ट बाहेकका उल्लेखित सबै अफरहरु हरेक मोबाइलको खरिदमा लागू हुने मोबाइल हबले जनाएको छ ।

अफरहरु केएल मोबाइल हब चाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्युरोड तथा द वल्र्ड भिजन मोबाइल सिटिसी मल चौथो तल्लामा पनि उपलब्ध हुनेछ ।

ग्राहकले किस्ताबन्दीमा मोबाईल खरिद गर्न आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई आकर्षक गिफ् ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिनेछ ।

यसका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमापाइने योजना पनि मेला अवधिमा लागू गरिएको छ । यसका अलावा मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको उप्रेतीले जानकारी दिए । 
‘मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु अहिलेसम्मकै सस्तो मूल्यमा बिक्री हुनेछ । मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले मोबाइल मेलाबाट फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ ।’ मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले भने ।

विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्धछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्