२७ जेठ २०८३, बुधबार

सेनाका पूर्व जम्दारको धन्दा : प्रहरी प्रधान कार्यालयको नक्कली छाप बनाएर प्रमाणपत्र वितरण

साउन १७, २०७५
सेनाका पूर्व जम्दारको धन्दा : प्रहरी प्रधान कार्यालयको नक्कली छाप बनाएर प्रमाणपत्र वितरण

धनगढी– प्रहरी प्रधान कार्यालयलगायत सरकारी कार्यालयका छाप र दस्तखत किर्ते प्रयोग गरेको आरोपमा नेपाली सेनाका एक पूर्व जम्दार पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ मा विकास सेकुरिटी सर्विस प्रालि सञ्चालन गर्दै आएका पुनर्वास नगरपालिका–५, कञ्चनपुरका धनबहादुर गुरुङलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले आज उनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक हरि ओलीका अनुसार उनले सेक्युरिटी गार्ड सम्बन्धी तालिम प्रदान गरी भारत तथा नेपालका विभिन्न स्थानमा सुरक्षा गार्ड पठाउँदै आएका थिए ।

सोही क्रममा उनले नेपाल प्रहरीको प्रधान कार्यालय र सशस्त्र प्रहरीको प्रधान कार्यालयको छाप, जिल्ला प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, सुर्खेतको नाईनल छाप नक्कली बनाएर प्रयोग गर्ने गरेको प्रहरी प्रवक्ता ओलीले बताए ।

साथै नक्कली चारित्रिक प्रमाणपत्र, नागरिकता बनाई सुरक्षा गार्डको लागि डकुमेन्ट तयार पार्ने र मोटो रकम असुल गर्दै आएको प्रहरीको दाबी छ ।

प्रहरीले उनको फर्मबाट १४ जनाका कृर्ते छाप दस्तखत लगाई तयारी अवस्थामा राखेका चारित्रिक प्रमाण, कागज कृर्ते बनाउन प्रयोग गरिने कम्युटर, रंगिन प्रिन्टर लगायतका सामान पनि बरामद गरेको छ ।

प्रहरीले गुरुङसंगै उनको फर्ममा काम गर्ने कैलारी गाउपालिका–६ का २८ वर्षका टीकाराम चौधरीलाई पनि नियन्त्रणमा लिएको छ । दुवै जनालाई सरकारी छाप दस्तखत कृर्ते मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले अर्को ठगी घटनाका तीन आरोपी महिलाहरुलाई पनि सार्वजनिक गरेको छ । आफुहरु दलित मैत्री गरिबी निवारण (फेडो) को सहजकर्ता रहेको भन्दै ठगी गर्ने कैलालीको गोदावरी नगरपालिका–५ की कल्पना बोगटी, कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–८ की दुर्गा भट्ट र सुनिता भण्डारीलाई प्रहरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले फेडोको सहजकर्ता भन्दै कैलाली र कञ्चनपुरको विभिन्न स्थानबाट समूह गठन गरी विभिन्न सीपमूलक तालिम र ऋण उपलब्ध गराउने प्रलोभन देखाएर फराम भर्न लगाई पैसा असुली गर्दै आएका थिए । उनीहरुले हालसम्म १८१ जनाबाट साढे १३ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्