काठमाडौं– शुक्रवारकालागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
संसद सचिवालयले सूचना टाँस गर्दै बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित गरेको हो ।
विहीवारको बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापासँग प्रश्न उत्तर गर्न नपाएपछि संसद बहिष्कार गरेको थियो ।
यसअघि आजै कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकमा पछिल्लो राजनीतिक घटना क्रममा र विहीवार संसदमा सभामुखले आफूहरुको विरोधकाबीच संसद चलाएको विषयमा छलफल भएको थियो ।