२९ असार २०८३, सोमबार

निर्माणाधीन रेल्वे लाइनको कल्भर्टमा युवतीको शव फेला

निर्माणाधीन रेल्वे लाइनको कल्भर्टमा युवतीको शव फेला

विराटनगर– विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवामा  एक युवतीको  शंकास्पद शव फेला परेको छ । हत्या गरी फालिएको अबस्थामा फेला परेकाे शव कसरी त्यहाँ आइपुग्यो भन्ने विषयमा प्रहरी नै अन्याेलमा देखिएको छ ।

केहीवेर अघि फेला परेको शव नग्न अबस्थामा भेटिएको स्थानीयले बताएका छन् ।  जतवास्थित निर्माणाधीन रेल्वे ट्याक मुनीको कल्भर्टमा फेला परेको शव कुनै स्थानीय व्यक्तिकाे नभएकोले सनाखत भएपछि घटनाको बारेमा तथ्य बाहिर आउने मोेरङ प्रहरीले जनाएको छ ।

हत्या गरेर फालिएकाे अवस्थामा अन्दाजी २४ वर्षीय युवतीको शव फेला परेको भएपनि के कारणले उनकाे हत्या भयो भन्ने बिषय नै शंकास्पद रहेको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । शव पोष्टमार्टमकोलागि कोशी अञ्चल अस्पतालमा राखिएको केसीले बताए ।

मधेशी मुलकी देखिने मृतक युवतीले पहेँलो चुरा लगाएको देखिन्छ। 

salt training

कमेन्ट गर्नुहोस्