३१ असार २०८३, बुधबार

नवनियुक्त मन्त्रीको घोषणा, भूमिसँग सम्बन्धित सबै समस्या समाधान गरिने

नवनियुक्त मन्त्रीको घोषणा, भूमिसँग सम्बन्धित सबै समस्या समाधान गरिने
फाइल तस्बिर

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमाकुमारी अर्यालले भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न आफूले हदैसम्मको प्रयास गर्ने बताएकी छन् । 

सिंहदरबारस्थित आज आफ्नै कार्यकक्षमा पदभार ग्रहण गरेपछि उहाँले भूमिसँग जोडिएका समस्या समाधानका लागि कानून बनाएर विशेष पहल गर्ने र त्यसका लागि सबैको साथ सहयोग जरुरी रहेको बताइन् । 

मन्त्री अर्यालले अर्थतन्त्रको प्रमुख आधारका रुपमा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहकारीमा छरिएर रहेको पूँजीलाई एकीकृतरुपमा परिचालन गर्ने बताइन् । 

गरिबी निवारणका लागिसमेत सहकारीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै उनले भनिन्, “गरिबी निवारणको प्रमुख आधारका रुपमा सहकारी क्षेत्रलाई परिचालन गर्ने र व्यवस्थित गर्ने योजनामा हामी लाग्छौँ, अर्थतन्त्रको प्रमुख आधारसमेत रहेकाले यस क्षेत्रलाई बढी महत्वसमेत दिन्छाैं ।” 

मन्त्री अर्यालले वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प पूरा गर्ने दिशामा नै केन्द्रित हुने बताइन्। 

मन्त्री अर्याललाई सचिव गोपीनाथ मैनालीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गर्दै सफल कार्यकालको कामना गरेका थिए । 

पदभार ग्रहणलगत्तै मन्त्री अर्यालले भूउपयोग कार्ययोजना कार्यान्वयन गर्ने कार्यदल गठनसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरिन् । 

सो कार्यदलको संयोजकमा मन्त्रालयका सहसचिव जनकराज जोशी रहेका छन् । भूमिको उत्पादन र उपादेयताका लागि सो कार्यदलले काम गर्नेछ ।  

salt training

कमेन्ट गर्नुहोस्