१४ असार २०८३, आइतबार

धनुषामा गोली चल्यो, एक युवाको मुत्यु

धनुषामा गोली चल्यो, एक युवाको मुत्यु

धनुषा– अज्ञात समूहको गोली प्रहारबाट  धनुषामा  युवकको हत्या भएको छ । 
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै आज बिहान एक युवकलाई गोली हानी हत्या गरिएको हो । हत्या हुनेमा कमला नगरपालिका–८ सोनापार बस्ने २५ वर्षीय राजेश यादव रहेका छन् । यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । 

घटनास्थलबाट ज५प ६३२१ नंको मोटरसाइकल बरामद भएको छ भने एक थान पेस्तोलसहित तीन राउण्ड गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्