०९ असार २०८३, मंगलबार

ह्वाइट हाउसले दियाे चीनलाई चेतावनी

साउन १८, २०७५
ह्वाइट हाउसले दियाे चीनलाई चेतावनी

वासिङटन-अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिनुभएको छ । 

आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिनुहुने बताउनुभएको हो । 

अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले भन्नुभयो, “चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई अघिबढ्न सक्नुहुन्नहोला भनेर कम नआँक्नु राम्रो होला ।” 
कुड्लोको यो प्रतिक्रिया बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापारकर बारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्व अमेरिकी डलर बराबरको व्यापारकर लगाउने बताएको केही समयमै आएको हो । ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँकर लगाउने बताएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्