१३ असार २०८३, शनिबार

मदिरा सेवन गरी पौडी खेल्ने क्रममा दुई महिनामा २५० को मृत्यु

साउन १८, २०७५
मदिरा सेवन गरी पौडी खेल्ने क्रममा दुई महिनामा २५० को मृत्यु

पोल्याण्ड-पोल्याण्डमा अप्रिलपछिको दुई महिनामा गर्मीबाट राहत पाउन नदी तथा तलाउमा पौडी खेल्ने क्रममा २५० जनाको मृत्यु भएको यहाँको प्रहरीले शुक्रबार जनाएको छ । 

पोल्याण्डका नागरिकको गर्मी समयमा डुबेर मर्ने बिषय नयाँ भने होइन । हरेक गृष्म ऋतुमा गर्मी समयमा तलाउ नजिक वनभोज तथा पारिवारिक जमघटका लागि जाने र भोजका क्रममा अत्यधिक मदीरा सेवन गरी पौडी खेल्ने क्रममा बर्षेनी सयौँ नागरिकको डुबेर मृत्यु हुने गरेको पोल्याण्डको प्रहरीका प्रवक्ता मार्जेना अजिन्स्काले एएएफपीसँग बताए । 
यस बर्षको जुलाई महिनामा मात्र ७५ जनाले ज्यान गुमाएका थिए भने यो महिना पनि १० जनाको मृत्यु भइसकेको उनले बताए  । मृतकमध्ये अधिकाँश ५० बर्ष माथिको उमेर समूहका नागरिक रहने गरेको पाइएको प्रहरीले जनाएको छ । मृतकमध्ये ३१ देखि ५० वर्ष उमेर समूहका नागरिकको सङ्ख्या पनि धेरै नै रहने गरेको प्रहरीले जनाएको छ । 
गत बिहीबार पनि वनभोजमा अत्यधिक मदीरा सेवन गरी सुरक्षाकर्मीद्वारा निरीक्षण नपुग्ने तालको भित्रीक्षेत्रमा पौडी खेल्ने क्रममा दुई सहोदर दाजुभाईको मृत्यु भएको हो । मृतकमध्ये एक जनालाई प्रहरीले तत्कालै उद्धार गर्न खोजे पनि उद्धार प्रयास विफल भएको थियो । 
पोडी खेल्ने क्रममा मृत्यु हुने महिलाको सङ्ख्या भने १५ प्रतिशतमात्र रहेको र डुबेर मृत्यु हुने अधिकांश स्थानहरू ताल तथा नदीका क्षेत्रहरू रहेको बताइउको छ । 
पोल्याण्डमा गत वर्ष पनि ताल तथा नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या ४४९ रहेको प्रहरीले बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्