१३ असार २०८३, शनिबार

जापानमा कामदारको अत्यधिक अभाव भएको घोषणा

साउन १८, २०७५
जापानमा कामदारको अत्यधिक अभाव भएको घोषणा

टोकियो- जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ । 
सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ । 
जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी स्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन् । 
कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको छ । 
“हामीले जनशक्तिको विकासका लागि लगानी गर्ने र चौथो औद्योगिक क्रान्तिका विषेशताहरूलाई लागु गर्ने विषय आफैमा गम्भीर अवस्थामा पुगेको छ,” स्वेतपत्रमा भनिएको छ । 
पछिल्ला केही दशकदेखि जनसंख्या घट्नेक्रम चलिरहेकाले त्यो समस्याबाट जापान प्रभावित भएको छ । 
गत सन् २०१६ मा हरेक एक हजारमा बार्षिक ७.६ प्रतिशतका दरले जन्मदर घटेको छ । यो दर सन् १८९९ पछिकै सवैभन्दा कम भएको अधिकारीहरूले बताएका छन् । 
जापानका प्रधानमन्त्री सिन्जे आवेले जनसंंख्या न्यनुनिकरणलाई नियन्त्रण गर्न चाहेको बताउँदै त्यसका लागि चरण चरणका योजनाहरु बनाइएको पनि जानकारी दिएका छन् । 
जापानका घट्दै गरेको जनसंख्या र बढ्दो कामदारको मागलाई ध्यानमा राखेर विभिन्न नयाँ नीतिगत व्यवस्था गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको छ । सिन्ह्वा
 

salt training

कमेन्ट गर्नुहोस्