मस्को (रसिया), २८ मङ्सिर - रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग कुनै समयमा भेट्ने तयारीमा रहेको बताएका छन् ।

सञ्चारकर्मीद्वारा रसियाली राष्ट्रपति पुटिनलाई ट्रम्पसँग भेट्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा पुटिनले यस्तो बताएका हुन् ।
पुटिनले भनेका छन , “यो सबैमा जगजाहेर छ कि अमेरिकी राष्ट्रपतिमा निर्वाचित नेता ट्रम्पले सार्वजनिक रुपमा रसिया र अमेरिकाबीचको सम्बन्ध समान्यीकरण गर्ने कुरा बोल्नुभएको छ । हामी यो गर्न त सक्दैनौँ तर यसको समर्थन गर्छौँ ।”
“हामीलाई थाहा छ अमेरिका र रसियाको सम्बन्ध कुन हदसम्म बिग्रीएको छ र यसलाई सामान्यीकरण गर्ने कुरा सामान्य काम हुने छैन । तर हामी हाम्रो तर्फबाट केही गर्न तयार छौँ, पुटिनले भने ।
उनले २०१७ को जनवरी अर्थात् ट्रम्पको सत्तारोहणपछि भेट हुने सम्भावना व्यक्त गरे ।