१७ असार २०८३, बुधबार

नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारीसाधन आवागमन अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ जलवीरेमा दिउँसो २ः५५ बजे पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको हो । 

आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा खसेको पहिरो २ः४५ बजे पन्छाएर सडक सञ्चालन गरिएको थियो । जलवीरेमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सवारीसाधन रोकिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्