१४ असार २०८३, आइतबार

नारायणगढ –मुग्लिन सडक दुईतर्फी संचालनमा

नारायणगढ –मुग्लिन सडक दुईतर्फी संचालनमा

 चितवन- पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । आज दिउँसो ३ बजे यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ जलविरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

अहिले ४ : ३० बजे पहिरो हटाएर सडक संचालनमा आएको प्रहरीले जनाएको छ ।

यस अघि विहान ६ बजे भरतपुर महानगरपालिका २९ घुमाउनेमा पहिरो खसेपछि विहान ११ बजे देखि एक तर्फी सडक संचालनमा आएको थियो । घुमाउनेको पहिरो पनि पुरै हटाई दुई तर्फी सवारी संचालनमा आएको छ । स्तारोन्नतीको अन्तिम चरणमा रहेको यस सडक खण्डमा पटक पटक पहिरो खस्दा यातायात अवरुद्ध हुदैँ आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्