२६ असार २०८३, शुक्रबार

तलब नपाउँदा शिक्षक आन्दोलित

साउन १९, २०७५
तलब नपाउँदा शिक्षक आन्दोलित

सुर्खेत– आर्थिक वर्ष ०७५÷७६ को अन्तिम चौमासिकको तलब बेलैमा नपाउँदा तिला गाउँपालिका जुम्लाका शिक्षकहरु आन्दोलित भएका छन् । 

साउन महिना बित्न लाग्दा पनि तलब उपलब्ध नगराएको भन्दै उनीहरुले गाउँपालिकालाई तलब खुवाउन दबाब दिँदै आएका छन् । गाउँपालिकामा कार्यरत शिक्षकले पूरै तलब नपाएपछि आफूहरुले आन्दोलन गर्नु परेको शिक्षक हित संघर्ष समिति जुम्लाका अध्यक्ष मानबहादुर शाहीले जानकारी दिए । 

“शिक्षकहरुको तलब मात्र नभएर पोशाक, पाठ्यपुस्तकलगायत अन्य नियमित शीर्षकमा आउने रकम प्राप्त हुन सकेको छैन । गाउँपालिकाले तलब खुवाउँछु भनेर हामीलाई टार्ने काम ग¥यो,” समितिका अध्यक्ष शाहीले भन्नुभयो । गाउँपालिकाले दिएको वचनअनुसार शिक्षकलाई तलब खुवाउन नसकेको उनको आरोप थियो । 

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले यहाँ कार्यरत सम्पूर्ण शिक्षकको रकम माग गत वर्षको असोजमै गरिए पनि अहिलेसम्म उनीहरुले पूर्ण तलब नपाउनुमा स्थानीय सरकारको नभई संघीय सरकारको कमजोरी रहेको औँल्याए । दुई चौमासिकको तलब शिक्षकहरुले खाइसकेको र यो चौमासिकको मात्र १६ प्रतिशत रकम दिन बाँकी रहेको अध्यक्ष योगीले जनाए । 

“शिक्षकका लागि रु २८ लाख र बाँकी छात्रवृत्ति, पाठ्यपुस्तक, पोशाक लगायतका शीर्षक गरी रु ५८ लाख रकम अपुग छ । उनीहरुको यही समस्यालाई बुझेर मैले केन्द्रमा रकम निकासाको पहल गरिरहेको छु उहाँहरु छिट्टै पाउनुहुन्छ,” अध्यक्ष योगीले भने । 

शिक्षकहरुले पूरै तलब नपाउनुमा गाउँपालिकाको कमजोरी नभई संघीय सरकारको कमजोरी रहेको बताउँदै उनले ढिलो चाँडो समस्या समाधान गर्ने वचन दिँदै आएको प्रतिक्रिया दिए । 

salt training

कमेन्ट गर्नुहोस्