×

NMB BANK
NIC ASIA

तलब नपाउँदा शिक्षक आन्दोलित

साउन १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत– आर्थिक वर्ष ०७५÷७६ को अन्तिम चौमासिकको तलब बेलैमा नपाउँदा तिला गाउँपालिका जुम्लाका शिक्षकहरु आन्दोलित भएका छन् । 

Muktinath Bank

साउन महिना बित्न लाग्दा पनि तलब उपलब्ध नगराएको भन्दै उनीहरुले गाउँपालिकालाई तलब खुवाउन दबाब दिँदै आएका छन् । गाउँपालिकामा कार्यरत शिक्षकले पूरै तलब नपाएपछि आफूहरुले आन्दोलन गर्नु परेको शिक्षक हित संघर्ष समिति जुम्लाका अध्यक्ष मानबहादुर शाहीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“शिक्षकहरुको तलब मात्र नभएर पोशाक, पाठ्यपुस्तकलगायत अन्य नियमित शीर्षकमा आउने रकम प्राप्त हुन सकेको छैन । गाउँपालिकाले तलब खुवाउँछु भनेर हामीलाई टार्ने काम ग¥यो,” समितिका अध्यक्ष शाहीले भन्नुभयो । गाउँपालिकाले दिएको वचनअनुसार शिक्षकलाई तलब खुवाउन नसकेको उनको आरोप थियो । 


Advertisment
Nabil box
Kumari

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले यहाँ कार्यरत सम्पूर्ण शिक्षकको रकम माग गत वर्षको असोजमै गरिए पनि अहिलेसम्म उनीहरुले पूर्ण तलब नपाउनुमा स्थानीय सरकारको नभई संघीय सरकारको कमजोरी रहेको औँल्याए । दुई चौमासिकको तलब शिक्षकहरुले खाइसकेको र यो चौमासिकको मात्र १६ प्रतिशत रकम दिन बाँकी रहेको अध्यक्ष योगीले जनाए । 

Vianet communication
Laxmi Bank

“शिक्षकका लागि रु २८ लाख र बाँकी छात्रवृत्ति, पाठ्यपुस्तक, पोशाक लगायतका शीर्षक गरी रु ५८ लाख रकम अपुग छ । उनीहरुको यही समस्यालाई बुझेर मैले केन्द्रमा रकम निकासाको पहल गरिरहेको छु उहाँहरु छिट्टै पाउनुहुन्छ,” अध्यक्ष योगीले भने । 

शिक्षकहरुले पूरै तलब नपाउनुमा गाउँपालिकाको कमजोरी नभई संघीय सरकारको कमजोरी रहेको बताउँदै उनले ढिलो चाँडो समस्या समाधान गर्ने वचन दिँदै आएको प्रतिक्रिया दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x