०१ असार २०८३, सोमबार

प्रमाणपत्रमाथि छानविन गर्न सरकारलाई जोशीको चुनौती

साउन २०, २०७५
प्रमाणपत्रमाथि छानविन गर्न सरकारलाई जोशीको चुनौती

काठमाडौं–सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा बस्ने भएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उनी बिदामा बस्न लागेका हुन् । 
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली गत २०७४ चैत्र १ गते बर्खास्ती भएसँगै चार महिनादेखि सर्वोच्च अदालत नेतृत्वविहीन छ । सर्वोच्चमा नीतिगत निर्णयमा समस्या पर्दै आएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।

जोशी शनिबारदेखि बिदामा बस्ने र रोलक्रमका आधारमा वरिष्ठ रहनुभएका न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले बताए । 

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि छानविन गर्न सरकारलाई आग्रह गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘मैले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाइँदै लगिएको बुझेको छु । आफ्नो अभीष्ट पूरा गर्न केही तत्वहरु सक्रिय भएर लागे ।’

विज्ञप्तिमा थप भनिएको छ– ‘सम्मानित संसदीय सुनुवाइ समितिमा संविधानबमोजिम सुनुवाइ भई सार्वजनिक सञ्चारमाध्यममा मेरो विषयमा सम्प्रेषित समाचारका आधार, आशंका र भ्रमका आधारमा तथ्यगत निष्कर्षविना नै निर्णय भएको विषयमा आफ्नो गम्भीर सरोकार रहेको छ ।’

तत्कालीन श्री ५ को सरकार शिक्षा मन्त्रालयको परीक्षा महाशाखाबाट एसएलसीसरह समकक्षी नेपाल राष्ट्रिय विद्यापीठमा २०२९ सालको ब्याचमा परीक्षा दिई २०३० वैशाख ३० गते प्रवेशिका परीक्षा उत्तीर्ण गरेको तथ्यलाई नजरअन्दाज गरिएको कायममुकायम प्रधानन्यायाधीश जोशीको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्