१२ साउन २०८३, मंगलबार

कांग्रेस पूर्वसांसद पंगेनीको हृदयघातका कारण निधन

कांग्रेस पूर्वसांसद पंगेनीको हृदयघातका कारण निधन

काठमाडौं— नेपाली कांग्रेसका पूर्व सांसद कमल पंगेनीको आइतवार निधन भएको छ ।

कांग्रेस स्याङ्जाका जिल्ला सभापति समेत रहेका पंगेनीको आइतवार हृदयघातका कारण निधन भएको हो । 

गृहजिल्ला स्याङ्जामै उनको निधन भएको स्थानीय पंगेनी निकट पत्रकार तोलाकान्त बगालेले लोकान्तरलाई जानकारी दिए ।

घरमा छाती दुखेको बताएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बिहान साढे ६ बजे बाटोमै निधन भएको बगाललेले जानकारी दिए । 

२०७० सालमा स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद पंगेनी प्रखर वक्ता थिए । श्रद्धान्जलीका लागि उनको शव दिउसो जिल्ला पार्टी कार्यालयमा राखिने कांग्रेसले जनाएको छ । 

पंगेनी २०३५ सालदेखि राजनीतिमा सक्रिया थिए । पिता बालकृष्ण पंगेनी र माता मोहनी कुमारी पंगेनीको पुत्रका रुपमा स्याङ्जाको तत्कालिन खिलुङ्गदेउराली गाविस वडा नं. ८ मा उनको जन्म भएको थियो ।

पंगेनीका श्रीमती, एक छोरा र एक छोरी छन् ।

salt training

कमेन्ट गर्नुहोस्