२९ असार २०८३, सोमबार

शाहरुख खानकी छोरी सुहानाको फोटो छापिएको भन्दै किन भयो विवाद ?

शाहरुख खानकी छोरी सुहानाको फोटो छापिएको भन्दै किन भयो विवाद ?

फेशन तथा लाइफस्टाइल म्यागजिन ‘भोग’ को भारतीय संस्करणको कभर पेजमा शाहरुख खानकी छोरी सुहना खानको फोटो छापिएको छ । 

तर सामाजिक सञ्जालहरुमा यसको आलोचना भइरहेको छ । 

केही आलोचकहरुले सुहाना खान यसका लागि सक्षम नभएको टिप्पणी गरेका छन् । 

सुहानाले यो स्थानमा पुग्नका लागि केही पनि नगरेको आरोप लागेको छ ।

भोग म्यागजीनको कवर पेजमा सामान्यतया टप मोडल, अभिनेत्री तथा चर्चित हस्तीहरुको तस्वीर छापिने गरेको थियो । 

पत्रिकासँगको कुराकानीमा सुहाना स्वयंले स्वयंलाई‘छात्रा, थिएटर प्रेमी तथा भविष्यकी स्टार’ बताएकी छिन् । 

यो फेशन शुटको स्टाइल वोग इन्डियाको फेशन डायरेक्टर अनाइता श्राफ अदजानियाले तयार गरेका हुन् जो शाहरु खानका एक पुराना साथी पनि हुन् । 

त्यसमा सुहानको पहिलो फोटोशूट र अन्तर्वार्ता पनि छ । 

म्यागजीनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा पनि यो कभर पेजलाई शेयर गरेको छ र यसमा ३६ हजार भन्दा धेरै लाइक आएको छ । 

आलोचना गर्नेहरुमध्ये कामका लागि संघर्ष गरिरहेका अभिनेत्री पनि सामिल छन् । 

उनीहरुले शाहरुखका कारण सुहानाले कुनै संघर्ष र योगदान विना नै स्थान पाएको भन्दै आलोचना भएको छ । पत्रिका सार्वजनिक कार्यक्रममा यसअघि सुहानाका बुबा शाहरुख खान निकै भावुक भएका थिए । 

कमेन्ट गर्नुहोस्