०२ असार २०८३, मंगलबार

जाजरकोट अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

जाजरकोट अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

जाजरकोट– जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा बिहान गएको पहिरोमा पुरिएका ५ जनाको शव निकालिएको छ । एक जनाको जीवितै उद्धार गरिएको छ भने अन्य ४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

तिर्थ बोहोराकी छोरी र उनको घरमा भाडामा बस्ने रहेका छन् । बोहोराकी छोरी नज्मा बोहोर र उनको घरमा भाडामा बसेका लालबहादुर लोहारकी श्रीमती सीतादेवि, छोरीहरू रञ्जना, मनीषा र भगवती रहेका छन् । 

पहिरोमा बेपत्ता भएका अन्यको नेपाल प्रहरी, सेना र स्थानीयले खोजी गरिरहेका छन् । आज बिहान करिब साढे ७ बजे गएको पहिरामा परि दुईवटा घर पुरिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्