१३ असार २०८३, शनिबार

बन्न थाल्यो भाङ र गाँजाको बीयर

बन्न थाल्यो भाङ र गाँजाको बीयर

काठमाडौं – गहुँ, चामल, जौ र अन्य अनाजबाट बनेका बीयर त धेरैजनाले चाखिसकेका छन् । तर भाङ र गाँजा जस्ता नशालु पदार्थबाट पनि बीयर बन्न थालेको छ । 

यस्तो बीयर क्यानडाबाट शुरूआत हुँदैछ । यसलाई बजारमा ल्याउने कम्पनी हेक्सोले यसलाई मारियुआना बीयर नाम दिएको छ । 

तर हेक्सोले बयान जारी गरेर यो बीयर नभई एक पेय पदार्थ भएको बताएको छ किनकि यसमा अल्कोहल छैन । तर यो एक बोतल पिएपछि मानिसले अर्को किन्नै पर्दैन किनकि त्यतिले नै झुम्म पारिदिन्छ । 

अमेरिकाको हेन्किन लेगायुनिटासले हालै गाँजाको स्वाद भएको पानीको बोतल पनि क्यालिफोर्नियामा लउन्च गरेको छ । अमेरिकामा चाहिँ बीयरको बिक्री स्वाट्टै घटेकाले पानीमा गाँजा हालेर बेच्न थालिएको हो ।

क्यानडामा यो प्रयोग सफल भएमा हेक्सोले यसलाई अमेरिका पनि पु–याउनेछ । अनि विश्वका अन्य देशमा पनि यसको आपूर्ति गरिनेछ । 

उता कोकाकोला कम्पनीले जापानमा पहिलो अल्कोहलयुक्त बेभरेज लउन्च गरेको छ । उक्त ड्रिंकमा तीनदेखि आठ प्रतिशत अल्कोहल हुने कोकाकोलाले बताएको छ । जापानमा यो उत्पादन सफल भएमा अन्य देशमा पनि यसलाई लउन्च
गरिनेछ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्