१४ असार २०८३, आइतबार

भूमिगत प्रसारण लाइनको काम दुई महिनाभित्र पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

भूमिगत प्रसारण लाइनको काम दुई महिनाभित्र पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मातातीर्थमा निर्माणाधीन भूमिगत प्रसारण लाइनको काम दुई महिनाभित्र पूरा गर्न निर्देशन दिएका छन् ।

त्रिशूली कोरिडोरमा उत्पादित विद्युत् प्रवाह गर्ने मुख्य तथा महत्त्वपूर्ण लाइन भएकाले तोकेको समयभित्र पूरा गर्न निर्देशन दिइएको हो । यो त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनको एउटा खण्ड पर्छ ।

१ हजार ३ सय ९ मिटर भूमिगत लाइनमध्ये अहिलेसम्म करीब ६ सय ३० मिटर पूरा भएको छ । निर्माणस्थलमा वन र स्थानीयको समस्या रहेकाले निर्माणलाई गति दिन नसकिएको आयोजनाले जानकारी गराएको छ ।

उत्पादित विद्युत खेर जान नदिन समयमै प्रसारण लाइन पूरा हुनुपर्ने मन्त्री पुनले बताए ।

‘वन, स्थानीयबासी र सुरक्षा सबैको व्यवस्था गर्ने जिम्मा सरकारले लिन्छ, सुरक्षाबारे गृह मन्त्रीसँग पनि कुरा भइसकेको छ,’ मन्त्री पुनले भने, ‘तर, काम समयमै सकिनुपर्छ ।’

स्थानीयले खनेको बाटो हुँदै भूमिगत लाइन विस्तारको काम हुँदा अवरोध भएको छ । यसको पनि उचित समाधान हुने मन्त्री पुनले स्थानीयलाई आश्वस्त पारेका छन् ।

विद्यमान समस्या समाधान भए २ महिनाभित्र काम पूरा हुने चिनियाँ ठेकेदार सीडब्लूईले प्रतिबद्धता जनाएको छ ।

सिभिल निर्माण २ महिनाभित्र पूरा भए तार केही समयपछि तान्न सकिने आयोजनाका अधिकारीको भनाइ छ । स्थानीयलाई असर नपर्ने गरी निर्माण भइरहेको यो देशकै पहिलो भूमिगत प्रसारण लाइन हो ।

प्रसारण लाइनको बाडभञ्ज्याङस्थित पातलेवनमा गाडिने एउटा टावरमा पातलेवन रिसोर्टले विरोध गरेको थियो । अहिले यो समस्या समाधान भइसकेको छ ।

त्रिशूली–काठमाडौं प्रसारण लाइनमा निर्माण हुने १ सय ४० टावरमध्ये १ सय २७ वटाको निर्माण पूरा भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्