२४ असार २०८३, बुधबार

शनिवार रातिदेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग अझै खुलेन

शनिवार रातिदेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग अझै खुलेन
फाइल तस्बिर

बागलुङ– पहिरो खसेर शनिवार रातिदेखि  अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अझै सञ्चालन भएको छैन । 

काठेखोला गाउँपालिका–१ पाला र ६ को टापुमा गएको पहिरोले लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दुरीमा चल्ने सवारी साधनबीचमै रोकिएका छन् । 

बिहानैदेखि अवरोध हटाउन शुरु गरिएपनि पहिरो ठूलो भएकाले समय लागेको प्रहरी चौकीका हवल्दार किशोर भण्डारीले जानकारी दिए । “दुई वटा डोजरलगाएर काम भइरहेको छ, प्रहरी टोली पनि खटिएको छ,” उनले भने, “ठूलो पहिरो गएका कारण हटाउन समय लाग्यो ।” 

salt training

कमेन्ट गर्नुहोस्