१३ असार २०८३, शनिबार

नागरिकता ऐन संशोधनको तयारी, उमेरमा त्रुटि भए सच्याउन पाइने

नागरिकता ऐन संशोधनको तयारी, उमेरमा त्रुटि भए सच्याउन पाइने

काठमाडौं– नागरिकतामा रहेको त्रुटि सच्चाउन मिल्ने गरी नागरिकता ऐन संशोधनको तयारी भएको छ । राज्यको उच्च ओहोदामा पुगेका व्यक्तिको नागरिकता र उमेरसम्बन्धी विवाद आइरहँदा सरकारले तोकिएको समयभित्र उमेरको त्रुटि सच्याउन मिल्नेगरी नागरिकता ऐन संशोधन प्रस्ताव दर्ता गरेको छ । 

शुरुमा नागरिकता प्रमाणपत्र जारी भएको एक वर्षभित्र उमेरको त्रुटि सच्याउन मिल्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ । संशोधन विधेयक सरकारका तर्फबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले दर्ता गरेका हुन् । 

विधेयकले नागरिकता प्रमाणपत्रमा उल्लेखित थर वा शैक्षिक योग्यताको प्रमाणपत्र अनुसार प्रमाणपत्रमा त्रुटि हुन गएमा सच्याउन पाउने व्यवस्था प्रस्तावित नागरिकता ऐन संशोधन विधेयकले गरेको छ । उमेर विवादमा भने प्रमाणपत्र जारी भएको एक वर्षभित्र सच्याउन निवेदन दिनुपर्नेछ । 

मूल ऐनको दफा १७ को उपदफा १ मा खण्ड थप गर्दै सरकारले प्रमाणपत्र जारी भएको एक वर्षभित्र निवेदन दिन सक्ने व्यवस्था गरेको छ । प्रस्तावित विधेयकमा भनिएको छ ‘उमेर सच्याउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित अधिकारीसमक्ष निवेदन दिनुपर्ने छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्