
काठमाडौं– प्रदेश नम्बर १ मा शेरधन राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला । तीन महिना नपुग्दै गत बैशाखमा केन्द्र सरकारले कोइरालालाई सरुवा गर्यो ।
त्यसपछि उनको ठाउँमा सुरेश प्रधानलाई पठाइयो । प्रधानपनि तीन महिना नपुग्दै गत साता सरुवा भए । मन्त्रिपरिषद्ले बुधबार केदार न्यौपानेलाई त्यहाँ पठाएको छ । उनी पनि कायममुकायम मात्रै हुन् । प्रदेश सरकार बनेको ६ महिनामै तीन प्रमुख सचिव फेरिनु आफैंमा अनौंठो त थिदै थियो । मुख्यमन्त्री राईलाई जानकारी समेत दिइएको थिएन । आजको कान्तिपुर दैनिकमा यसबारे विस्तृत खबर छापिएको छ ।