काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नी आमा मधु चोपडासँग भावनात्मक रूपमा निकट छिन् । यसको उदाहरणस्वरूप हालै प्रियंकाले आफ्नी आमालाई भावनात्मक पत्र लेखिन् ।
बलिउडमा बन्दै गरेको अंग्रेजी फिल्म द स्काई इज पिंकको शूटिङमा व्यस्त प्रियंकाले आमालाई भेट्न समय निकालिन् र रातभरि आमाछोरी गफिए ।
सामाजिक सञ्जालमा एक भावनात्मक पोस्ट शेयर गर्दै प्रियंकाले लेखिन्, ‘म आमासँग हिजो राति बसें । धेरै भावुक भएँ । सबै कुरा याद आयो । सफलता र मुटु दुखाउने पलहरू याद गरें । उहाँले सबै कुरा सम्हालेर राख्नुभएको छ । हाम्रो
परिवारको संग्रहालय नै हो उहाँ । म तपाईंलाई धेरै माया गर्छु, आमा । सबै कुरालाई सजाएर राख्नुभएकोमा धन्यवाद ।
Emotional night today at my moms house. Full of memories.. reminders of every victory and heartbreak..She’s kept everything. It’s like a museum of our family’s life. Love you MA. Thank you for preserving us. @madhuchopra ❤️
— PRIYANKA (@priyankachopra) August 8, 2018
’
उनले आफ्ना पिता अशोक चोपडाको तस्वीर पनि इन्स्टाग्राममा शेयर गरिन् । अशोक यस तस्वीरमा स्टेजमा माइक लिएर उभिएका देखिन्छन् । पिताको तस्वीरमुनि उनले लेखिन्, मेरा पिता मेरा प्रेरणा । आज म तपाईंलाई खुबै मिस गरिरहेकी छु ।
प्रियंकाले सलमान खानको फिल्म छोडेर हलिउडको एक फिल्म साइन गरेकी छन् । अहिले उनी मुम्बई आएर जायरा वसीमको फिल्ममा काम गरिरहेकी छन् ।
हलिउड सिंगर निक जोनससँगको अफेयरका विषयमा पनि उनको खुबै चर्चा हुन्छ । दुवैले टीकाटालो गरिसकेको खबर पनि छ ।
एजेन्सी