२७ असार २०८३, शनिबार

अब महिना सकिएको सात दिनभित्रमा घर भाडा तिर्नुपर्ने

अब महिना सकिएको सात दिनभित्रमा घर भाडा तिर्नुपर्ने

भदौं १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४को परिच्छेद ९ मा घर बहाल सम्बन्धी व्यवस्था गरिएको छ । 

घर बहाल सम्बन्धी व्यवस्था अनुसार कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयका लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहाल दिएको मानिने उल्लेख गरिएको छ ।

देवानी संहिताको  घर बहाल सम्बन्धी व्यवस्थामा असुरक्षित घर बाहलमा दिन, लिन नहुने, घर बहालको अवधि, बहालमा लिँदा सम्झौता गर्नु पर्ने लगायका व्यवस्था गरिएको छ । तर २० हजार रुपैयाँसम्मको घर बहालमा लिन दिन बहालमा लिने व्यक्तिसँग लिखित सम्झौता गर्नुपर्ने छैन । 

देवानी संहिताको दफा ३९१ मा बाहल बुझाउने तरिका र प्रकृया बारे व्यवस्था गरिएको छ । जसअनुसार बहाल बुझाउने सम्बन्धमा सम्झौतामा कुनै तरिका र प्रक्रिया उल्लेख नभएकोमा बहालमा लिने व्यक्तिले प्रत्येक महिना भुक्तान भएको सात दिनभित्र घरधनीलाई बहाल बुझाउनुपर्नेछ । 

बहाल बुझाउँदा चेक वा नगद बुझाउन सकिने व्यवस्था गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्