३१ जेठ २०८३, आइतबार

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मण्डिखाटारमा, शव अस्पताललाई हस्तान्तरण गरिने

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मण्डिखाटारमा, शव अस्पताललाई हस्तान्तरण गरिने

काठमाडौं– साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले काठमाडौंको मण्डिखाटारमा रहेको घरमा राखिएको छ । अहिले उनका शुभचिन्तक र आफन्तले अन्तिम श्रद्धाञ्जली दिँदैछन् । 

दाहालकी श्रीमती सुदाले सेतो कपडा ओढाएपछि उनको शव श्रद्धाञ्जलीको लागि राखिएको हो । दाहालको इच्छा अनुसार नै दिउँसो १२ बजे उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई हस्तान्तरण गर्ने तयारी छ ।

शव अस्पताललाई हस्तान्तरण गर्ने भएकाले श्रद्धाञ्जली दिने क्रममा शवमा अबिर र फूलमाला नचढाउन आफन्तले आग्रह गरेका छन् । दाहालको इच्छा अनुसार नै फूलमाला नचढाउन आग्रह गरेको हो ।

गएको बुधबार बिहान खाना खाएर धारामा थाल राखेर फर्कने क्रममा उनी लडेका थिए । लडेपछि उनको टाउकोमा रगत जमेको थियो । दुवै मृगौला खराब भएका दाहालले डायलाइसिस गरिरहेका कारण उनको मष्तिस्कको शल्यक्रिया गर्न सकिएको थिएन ।

दुई दिन काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरेपछि उनलाई  ललितपुरको सुमेरु अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको सुमेरु अस्पतालमा शुक्रबार निधन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्