
तपाईं साङ्लाले हैरान हुनु भएको छ ? साङ्ला नियन्त्रणका लागि धेरै उपायहरु पनि अपनाउनु भएको होला ? केहीले भने साङ्लाले अन्य किराहरु झिंगा लगातले जस्तो संक्रमण नफैलाउने भन्दै खासै वास्ता गरेको पनि हुन सक्छ । तर सचेत हुनुहोस् यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको हुन्छ ।
एक अध्ययन अनुसार साङ्लाका का कारण हुने एलर्जीले दमको रोग समेत लाग्न सक्छ ।
विश्व स्वास्थ्य संगठनको एक स्वास्थ्य रिपोर्टका अनुसार साङ्लाले अरू किराहरू जस्तै लामखुट्टे, झिंगा, जुम्रा, भुसुना जत्तिकै रोग नसारे पनि यसले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ । विशेषगरी यसको प्रभाव फहोरमैला, दुषित खाद्य पदार्थमा रहने रिपोर्टमा उल्लेख छ । साङ्ला मानव मलमुत्रमा भर पर्छ ।
साङ्लाले जीवमा जीवाणु सार्नुका साथै संक्रमण पनि फैलाउन भूमिका खेल्छ । तर विश्वस्वास्थ्य संगठनले सन् २००८ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार साङ्लाले मानव रोग सार्ने अथवा फैलाउने कुनै ठोस प्रमाण फेला नपरेको जनाइएको छ ।
साङ्लाले व्याक्टेरिया, फन्जाइस् र केही भाइरसहरू एकबाट अर्कोमा सारे पनि झाडापखाला र पोलियो जस्ता रोगका जीवाणुहरू भने सार्दैन ।
तर, साङ्लाका कारण हुने एलर्जिबाट दमको रोग लाग्ने र त्यसले मानव स्वास्थ्यमा समस्या निम्त्याउने रिपोर्टमा भनिएको छ ।
सन् २००५ मा अमेरिकामा गरिएको एक अध्यनमा अमेरिकी सहरी क्षेत्रका बालबालिकामा साङ्लाको एलर्जिबाट हुने दमको खतरा अरू जनवार कुकुर र बिरालोका भन्दा धेरै पाइएको थियो ।
एजेन्सी