३० जेठ २०८३, शनिबार

डुबेर वृद्धको मृत्यु

डुबेर वृद्धको मृत्यु

लहान- सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । 

बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा करीब ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिनुभयो । 

सदाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्