०६ असार २०८३, शनिबार

दुई युवतीको मृत्युपछि बाजालुमा प्रदर्शन, सडक अबरुद्ध

कात्तिक २०, २०७४
दुई युवतीको मृत्युपछि बाजालुमा प्रदर्शन, सडक अबरुद्ध
काठमाडौं, ७ फागुन– राजधानीको बालाजुमा भएको सवारी दुर्घटनामा २ जनाले ज्यान गुमाएसँगै मृतकका आफन्तहरुले सडक अवरुद्ध पारेका छन् ।

बालाजुमा भेला भएर मृतकका आफन्तहरुले शनिबार अपरान्ह सडक अवरुद्ध पारेका हुन् । सडक अबरुद्ध हुँदा सो क्षेत्रको यातायात ठप्प भयो ।

बालाजुको गंगाहल अगाडी शुक्रबार ना.५ ख ८४६५ नम्बरको ट्रकले बा.७७ प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मकवानपुर मनहरीकी रिना कुमारी राई र धादिङ्गकी ३० सोनिया थापाको मृत्यु भएको थियो ।

मृतकका आफन्तले उचित क्षतिपूर्ति र लापरबाही गर्ने चालकलाई कडा कारबाहीको माग गरेका छन् । उनीहरुले चालकलाई पक्राउ गर्न र क्षतिपूर्त दिलाउन प्रहरीले समेत तदारुकता नदेखाएको आरोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्