०८ असार २०८३, सोमबार

सरकार मधेश विरोधी छैन –मन्त्री महासेठ

साउन २६, २०७५
सरकार मधेश विरोधी छैन –मन्त्री महासेठ

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकार मधेश विरोधी नभएको बताएका छन् । 

मारबाड़ी सेवा समिति जनकपुरधामको स्वर्ण जयन्ती महोत्सवको आज उद्घाटन गर्दै उनले सरकार मधेशको विकास केन्द्रित विशेष योजनाका लागि रु तीन अर्ब ५२ करोड़को योजना अघि सारेको बताए । 

मधेश विशेष विकास योजनाअन्तर्गत मेचीदेखि महाकालीसम्म भौतिक पूर्वाधार तथा यातायात निर्माणका कार्य गरिने बताउँदै उनले भने “योजनाको विस्तारलाई दृष्टिगत अझै रकम थपिने अवधारणा छ ।” 

मन्त्री महासेठले १० देखि १५ दिनभित्र जनकपुरधाम–जटही सडकखण्डको नाम शहीद दुर्गानन्द झा नामाकरण गरी छ ‘लेन’ सडक निर्माण कार्यलाई प्राथमिकता दिने जानकारी दिए । 
आगामी डिसेम्बर महिनासम्ममा जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालन र सन् २०२२ सम्ममा सोही सेवालाई वीरगञ्जसम्म विस्तार गरिने लक्ष्य राखिएको उनले बताए । 

मन्त्री महासेठले चीनको लाप्चाको सीमादेखि नेपालको भिठ्ठामोर सीमासम्म १२० किमी सडक निर्माणको अवधारणालाई मूर्त दिने 

प्रदेश नं २ राष्ट्रिय जनता पार्टी संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले मारवाडी समुदायको जनकपुरधामको विकासमा ठूलो योगदान रहेको चर्चा गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्