२२ जेठ २०८३, शुक्रबार

इनार सफा गर्ने क्रममा राजधानीको महाराजगन्जमा २ को ज्यान गयो

इनार सफा गर्ने क्रममा राजधानीको महाराजगन्जमा २ को ज्यान गयो


काठमाडौँ– इनार सफा गर्ने क्रममा निसास्सिएर  दुई जनाको मृत्यु भएको छ । 

काठमाडौँ महानगरपालिका वडा नं ४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा आज दिउँसो चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामाको मृत्यु भएको हो । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले इनार सफा गर्ने क्रममा महर्जनको घटनास्थल र लामाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्