२२ जेठ २०८३, शुक्रबार

अवकाश उमेर ६० बनाउन कर्मचारीको चलखेल

साउन २७, २०७५
अवकाश उमेर ६० बनाउन कर्मचारीको चलखेल

काठमाडौं - बहालवाला सहसचिव र सचिवहरुको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएकाे छ ।

निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै अएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थअनुरुप संघीय निजामती सेवा ऐनमा अवकाश पाउने उमेर ६० बर्ष प्रस्तावित गरिएको छ । 

ऐनको धारा ५० मा ६० बर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउने व्यवस्थ छ । 

यसअघि शेरबहादुर देउवा नेतृत्वको पालामा तत्कालिन समान्य प्रशासन मन्त्रालयले बनाएको विधेयकमा कर्मचारीको अवकाश उमेरहद ५८ बर्षबाट बढाएर ६० बर्ष बनाउन प्रस्ताव गरिएको थियो । 

विधेयक पुनरावलोकनका क्रममा ६० बर्ष उमेर हदको प्रस्तावलाई हटाएर पुनः ५८ बर्ष नै राखिएको थियो । अहिले फेरी ६० बर्ष प्रस्तवित गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्