०२ असार २०८३, मंगलबार

माटोले पुरिएर एकको मृत्यु

कात्तिक २०, २०७४
माटोले पुरिएर एकको मृत्यु


दाङ, ७ फागुन - घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज एक महिलाको ज्यान गएको छ भने एक गम्भीर घाइते भएकी छन् ।

दाङको पुरन्धारा पाथीहाल्नेमा माटो खन्ने क्रममा पुरन्धारा–३ हस्तनापुर निवासी ३० वर्षीय मीना वलीको निधन भएको इलाका प्रहरी कार्यालय, हापुरेका प्रहरी नायब निरीक्षक परेगनारायण चौधरीले जानकारी दिए ।

यस्तै घटनामा परी पुरन्धारा–३ कै भूमिसरा विक घाइते भएको बताइएको छ । आज दिउँसो उनीहरु पुरिएका थिए । घाइते विकको उपचारका लागि तुलसीपुर पठाइएको छ भने वलीको शव परीक्षणका लागि तुलसीपुर पठाउने तयारी गरिएको प्रहरी प्रमुख चौधरीले जानकारी दिए ।

शिवरात्रिमा घर पोत्नका लागि माटो ल्याउन गएको स्थानीयवासीले बताएका छन् । ढिस्कोले पुरिएका वली र विकलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्