३० जेठ २०८३, शनिबार

र्‍यान एयरका कर्मचारीले गरे हडताल, ४०० विमान ठप्प

र्‍यान एयरका कर्मचारीले गरे हडताल, ४०० विमान ठप्प

काठमाडौं – र्‍यान एयरलाइन्सका सबै पाइलट हडतालमा जाँदा युरोपको हवाई व्यवस्थामा समस्या आएको छ । 

विमान कर्मचारीहरूको यो अहिलेसम्मको सबभन्दा ठूलो हडताल हो । हडतालका कारण ४०० उडान रद्द भएर यात्रुहरूलाई समस्या भएको छ । 

एयरलाइन्सले बताएअनुसार, जर्मनी जाने र जर्मनीबाट आउने लगभग २५० उडान रद्द भए । बेल्जियमका १०४ उडान पनि रद्द भए । 

त्यस्तै स्विडेनको २२ र बेलायतको २० उडान रद्द भएका हुन् । एयरलाइन्सले यस विषयमा कुनै पनि टिप्पणी गर्न मानेको छैन । 

आयरल्यान्डका पाइलटहरू विगत ५१ दिनदेखि सरुवा र वरिष्ठताको मुद्दा उठाएर हडताल गरिरहेका छन् । जर्मनीमा चाहिँ विमान कर्मचारीहरूले तलब बढाउनुपर्ने माग राखेका छन् । उनीहरूको युनियनले हडतालका लागि र्‍यान एयर नै जिम्मेवार रहेको बताएको छ । 

र्‍यान एयर आयरल्यान्डबाट शुरू गरिएको थियो । स्विडेन, नेदरल्यान्ड्स र बेल्जियमको स्थानीय कानूनअनुसार आफूहरूलाई व्यवहार गर्नुपर्ने, आयरल्यान्डको अनुसार होइन भन्ने कर्मचारीहरूको माग छ ।

र्‍यान एयरले ट्वीट गरेर भन्यो, ‘अनुचित हडताल गरिएपनि र्‍यान एयरका दुई हजार उडान सञ्चालनमा छन् । युरोपका लगभग चार लाख यात्रीले फाइदा लिइराखेका छन् । हडताल गर्ने युनियनहरू वार्तामा आऊन्, अनुचित हडताललाई अघि
नबढाऊन् ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्