०२ असार २०८३, मंगलबार

विमानमा रक्सी पिउँदा यी महिला गइन् जेल

विमानमा रक्सी पिउँदा यी महिला गइन् जेल

काठमाडौं – स्विडेनकी एक दन्तचिकित्सक एली होल्मनलाई उनकी चार वर्षीया छोरी बीबीसँगै तीन दिन हिरासतमा पठाइएकोमा अहिले मुक्त गरिएको छ । 

लन्डनबाट दुबई गइरहेकी एलीले उडानमा एक गिलास वाइन मागेकी थिइन् । उनलाई दुबईमा ओर्लिनेबित्तिकै पक्राउ गरियो । 

तीन दिन हिरासतमा राखेपछि एलीलाई एक वर्षका लागि कारागार पठाइने सजाय सुनाइयो । एलीको राहदानी पनि सीज गरियो । 

एलीलाई सोधियो, ‘तपाईंले रक्सी पिउनुभएको छ ?’ उनले 'छ' भन्नेबित्तिकै पक्राउ गरियो । 

एलीलाई कारागार पठाइनुअघि पाँच दिन ब्रेक दिइएको थियो र त्यस अवधिमा आफ्ना साथी र नातेदारलाई भेट्न दिइएको थियो । 

तर एलीको परिवारले निकै धेरै पैसा खर्च गरिसकेपछि यूएई सरकारले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै उनलाई रिहा गरिदिएको छ । उनी आइतवार बेलायत फर्किंदैछिन् । 

यूएईकी एक अधिकारी राधा स्टर्लिङका अनुसार, ‘हाम्रो देशमा विदेशीले रक्सी पिउन छुट छ भनी भ्रम फैलाइएको छ । तर कुनै पनि पर्यटकको रगतमा एक थोपा पनि अल्कोहल पाइनु पूरै अवैध हो ।’

एलीले जेलको वर्णन गर्दै भनिन्, ‘हामीलाई सुत्नका लागि फोहोरी गद्दा दिए । खानबाट पनि फोहोरको गन्ध आइरहेको थियो । म तीन दिन झिमिक्कै गर्न सकिनँ । उनीहरूले हामीलाई कसैसँग पनि भेट्न दिएनन् । हामीले कसैसँग कुरा गर्न
पाएनौं ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्