०२ असार २०८३, मंगलबार

अमेरिकालाई टेरेन इरानले

कात्तिक २०, २०७४
अमेरिकालाई टेरेन इरानले

इरान, ७ फागुन - इरानको विशेष रिभोलुसनरी गार्डले अर्को हप्तादेखि सैन्य अभ्यास सुरु गर्ने भएको उक्त सैन्य सङ्गठनका वरिष्ठ कमाण्डर मोहम्मद पाकपोरले शनिबार बताएका छन् ।donald trump

ग्रान्ड प्रोफेट ११ नामाकरण गरिएको उक्त सैन्य अभ्यास अमेरिकी प्रशासनद्वारा लगातार हतियार परीक्षणप्रति गरेको आलोचना र नयाँ परीक्षणमा लगाइएको प्रतिबन्धको बेवास्ता गर्दै गर्न लागिएको सुरक्षा बलका स्थल एकाइ कमाण्डर पाकपोरले पत्रकार सम्मेलनमा बताए ।

उनले सोमबारदेखि सुरु भई आगामी तीन हप्तासम्म हुने अभ्यासमा रकेटको समेत प्रयोग गरिने बताइए पनि कस्तो र कुन क्षमताको हतियार प्रयोगका लागि अभ्यास गरिने छ भन्ने जनाउन चाहेनन् ।

पाकपोरले इरान कुनै पनि सुरक्षा खतरा इरानमाथि वासिदटनद्वारा गरिएको ‘अपमानजनक प्रतिबन्ध’को सामना गर्ने उद्देश्यका साथ गरिएको बताए ।

इरानले गत जनवरी २९ मा गरेको क्षेप्यास्त्र परीक्षणलाई देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ हतियार परीक्षणमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए ।

पेन्टागनका प्रमुख जेम्स भ्याटिसले इरानलाई ‘आतङ्कवादलाई प्रायोजन गर्ने विश्वकै एकमात्र राष्ट्र भनी केही समय पहिले इरानको आलोचना गरेका थिए ।
इरानी अधिकारीले अमेरिकाले बताएअनुसार आफ्नो हतियारले कुनै खतरा नल्याउने तर प्रतिरक्षाका लागि आवश्यक रहेको बताउदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्