२४ जेठ २०८३, आइतबार

सत्तामा नभएको पीडा कांग्रेसले हरेक कुराको विरोध गरेर पोखिरेहेको छ–मन्त्री ज्ञवाली

सत्तामा नभएको पीडा कांग्रेसले हरेक कुराको विरोध गरेर पोखिरेहेको छ–मन्त्री ज्ञवाली

भक्तपुर– पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारका बिरुद्ध अधिनायकवादको कृतिम हल्ला चलाएर भ्रम फैलाउँने कार्य गरिरहेको बताएका छन् । 

आइतबार(आज) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने बताए । 

उनले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, शुसासनको प्रत्याभूति दिन र देशलाई सम्बृद्धितर्फ लैजान सरकार प्रतिबद्ध रहेका बताए । 

सरकारको काममा ढिलाई भन्दै गरिएको आलोचनालाई सरकारले सुझाबको रुपमा लिएको बताउँदै मन्त्री ज्ञवालीले भने–“अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्नै सरकारलाई ५ महिना लाग्यो, अनि कसरी देखियोस सरकारका प्रभावकारी कामहरु, अब सरकारले नयाँ बजेट अनुसार काम सुरु गरेको छ, अब काम प्रभावकारी रुपमा अगाडि बढ्छ ।”

प्रतिपक्षको रुपमा नेपाली काँग्रेसले बिरोधका लागि बिरोध मात्रै गरेको टिप्पणी गर्दै उनले भने–“सत्ताबाट बाहिरिनु परेको, पार्टी खुम्चेको पीडाले स–साना कुरामा पनि बिरोध गरेर चर्चामा आउँन खोजेको छ ।” उनले काँग्रेसलाई विरोध भन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।

सरकारले प्रभावकारी रुपमा कुटनीतिक प्रयास गरिरहेको बताउँदै ज्ञवालीले भारतसंग विश्वासको आधार निर्माण गरिसकेको, चीनसंग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको बताए ।

सम्बृद्धि नेपाल, सुखी नेपालको सरकारको अभियान सफल पार्न बाह्य सम्पर्क, सम्बन्ध असाध्यै राम्रो बनाएका छौ भन्दै उनले आगामी तीन वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउँने, र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरमा देशलाई ल्याउन दाताहरुको सहयोग समेत जुटाउँने कामका लागि लागिपरेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्