२१ जेठ २०८३, बिहीबार

तनाव घटाउन गधासँग डेटिङ गर्दैछन् यहाँका मानिस

तनाव घटाउन गधासँग डेटिङ गर्दैछन् यहाँका मानिस

काठमाडौं – बेलायतमा गधाले दिने थेरापी लोकप्रिय हुँदै गइरहेको छ । बेलायतको डेभोनमा भएको गधा केन्द्रमा क्यान्सरपीडित बच्चा र मानव तस्करीको शिकार भएका मानिसलाई गधामार्फत थेरापी दिइने गरेको छ । 

उता अमेरिकाको न्युयोर्कबाट १३० किलोमिटर पर एउटा गधा पार्क बनाइएको छ । आईबीएममा सफ्टवेयर इन्जिनियर रहेका स्टिभ स्टिवार्टले यो पार्क बनाएका हुन् । उनले गधाको महत्त्व आफ्नी छोरीबाट थाहा पाएर गधालाई प्रेम गर्न थाले । 

अहिले स्टिभ मानिसहरूलाई गधासँग भेटघाट गराउनमा समय बिताउँछन् । उनीसँग ११ गधा, एक खच्चर र एक गधा–जेब्रा छ । 

स्टिभ आफ्ना गधाहरू लिएर विद्यालय, नर्सिङ होम र समारोहहरूमा बस्छन् । उनी गधापालनका बारेमा पनि पढाउँछिन् । उनको मीटअप समूहमा ८०० सदस्य छन् ।

गधाले मानसिक तनाव घटाउन मद्दत गर्ने उनी बताउँछन् । मानिसहरू शहरबाट टाढा आफ्नो पार्कमा आउँदा राहत अनुभव गर्ने उनको भनाइ छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्