
काठमाडौं– प्रहरीले काठमाडौंमा बसेर अवैध रुपमा मुगाको कारोबार गर्ने एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं ठमेलस्थित होटेल इकोमा कोठा लिएर बसेका यमन नागरिक एल अस्री मोहामे यहा यहालाई अवैध मुगासहित पक्राउ गरेको हो ।
उनले बोकेको सुटकेस चेक गर्दा ठूलो मात्रामा मुगा र विदेशी मुद्रा फेला परेकोले नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यमन नागरिक यहासँगै उनीसँग मुगाको कारोबार गर्न आएका २ जना नेपाली नागरिक पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मुगु घर भइ काठमाडौंको बौद्ध बस्ने ५१ वर्षीय ग्याल्पु तामाङ र जुम्लाको सिंजा घर भएका ३१ वर्षीय नबिन चौलागाइ छन् ।
यमन नागरिक यहाको साथबाठ ८ किलो मुगा र विभिन्न देशको मुद्रा बरामद भएको छ ।
रेडपाण्डाका छालासहित ५ जना पक्राउ
प्रहरीले काठमाडौं बाटै दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङका २७ वर्षीय आशिक राई, ओलखढुङ्गाका ३१ वर्षीय सन्तोष राई, ओखलढुङ्गाकै २३ वर्षीय रमेश पौडेल, खोटाङका २१ वर्षीय मिलन गुरुङ र पाँचथरका ३८ वर्षीय जनक कुमार चाम्लिङ छन् ।