
काठमाडौं– दोस्रो टेष्ट क्रिकेटमा इङ्ल्याण्डले २–० को अग्रता लिएको छ । लर्ड्समा भएको सिरिजमा इङ्ल्याण्डले भारतसँग २–० को अग्रता लिएको हो ।
दोस्रो टेष्ट क्रिकेटमा इङ्ल्याण्डले भारतलाई पाली र १ सय ५९ रनले हरायो । भारतीय टोली दोस्रो पालीमा मात्र १ सय ३० रनमा आउट भएको थियो ।
रविचन्द्रन आश्विन बाहेक अन्य कुनै ब्याट्सम्यान इङ्लिस बलरका अगाडी टिक्न सकेनन् । आश्विनले ३३ रन बनाएका थिए ।
इङ्ल्याण्डका जेम्स एन्डरसन र स्टुआर्ड ब्रोर्डले समान ४–४ विकेट लिए । भारतीय टोलीले पहिलो पालीमा मात्र १ सय ७ रन बनाएको थियो । इङ्ल्याण्डले पहिलो पाली ७ विकेट गुमाएर ३ सय ९६ रनमा इनिङ्स डिक्लियर गरेको थियो ।