०१ असार २०८३, सोमबार

वैदेशिक रोजगारीका क्रममा ८२१ को मृत्यु, यस्ताे छ तथ्यांक

साउन २८, २०७५
वैदेशिक रोजगारीका क्रममा  ८२१ को मृत्यु, यस्ताे छ तथ्यांक

काठमाडाैं-रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने वर्षेनी बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घट्न सकेको छैन । 

 आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका क्रममा ७५५ नेपालीको मृत्यु भएकोमा गत आवमा यो संख्या बढेर ८२१ पुगेको छ।

यो संख्या विदेशमा मृत्यु भई आर्थिक सहायता पाउने युवाको संख्यामात्र हो।

आर्थिक सहायतको परिधिमा नपरेका कारण गणनामा नपरेका मृतक नेपालीको संख्या जोड्ने हो भने अझ बढी हुने देखिन्छ। सबै भन्दा बढी मलेसियामा २ सय ८९ जना साउदीमा २ सय ३ र कतारमा १ सय २३ जना रहेका छन्।  आजको कारोवार दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्