२२ जेठ २०८३, शुक्रबार

दमकमकाे एक होटलमा आगलागी, करीब २० लाख बराबरको क्षति

दमकमकाे एक होटलमा आगलागी, करीब २० लाख बराबरको क्षति

दमक- विद्युत् सर्ट भई झापाको दमकमा आज बिहान एक होटलमा आगलागी हुँदा करीब रु २० लाख बराबरको क्षति भएको छ ।

दमक–५ मा रहेको मुगा होटलमा आज बिहान ५ः३० बजेतिर अचानक पार्टी हलमा आगलागी हुँदा करीब रु २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिनुभयो । 

आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागी प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्