
काठमाडौं प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक करिब एक महिनापछि आज बस्न लागेको छ । २५ दिनपछि बस्न लागेको हो ।
राजधानी सम्भ्याव्यता अध्ययन समिति बनाउने सभाको निर्णयविरुद्ध उच्च अदालत पाटनको हेटौंडास्थित इजलासमा रिट दायर भएपछि गत साउन ३ गते स्थगित गरिएको बैठक आजका लागि बोलाइएको हो ।
आजको बैठकमा राजधानीबारेको प्रतिवेदन भने पेश नहुने भएको छ । बैठकमा मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाको सर्त सम्बन्धी बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन विद्येयक, प्रदेशसभा सचिवालयको व्यवस्थापन सम्बन्धी विधेयक र प्रदेश प्रशासनिक कार्यविधि विधेयक पेश गरिने सम्भावित कार्यसूची रहेको छ ।