२१ जेठ २०८३, बिहीबार

इन्द्रसरोवरमा पहिरो खस्यो, हेटौंडा–फाखेल–काठमाडाैं मार्ग अवरुद्ध

इन्द्रसरोवरमा पहिरो खस्यो, हेटौंडा–फाखेल–काठमाडाैं मार्ग अवरुद्ध
सन्दर्भ तस्वीर

मकवानपुर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका तीनस्थित पाथीखोल्चामा पहिरो खस्दा हेटौंडा–फाखेल–काठमाण्डौ छोटो मार्ग अवरुद्ध भएको छ । 

बिहान करिब ८ बजे पाथीखोल्चामा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

सडक अवरुद्ध भएपछि यात्रु अलपत्रमा परेका छन् । पहिरो पन्छाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । 

यस्तै छोटो मार्ग अन्तर्गतकै हेटौंडा–सिस्नेरी–काठमाण्डौ मार्ग पनि अवरुद्ध रहेको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्