०१ असार २०८३, सोमबार

काठमाडौंमा समृद्धि यातायातका नयाँ बस, चल्नेछन् यो रुटमा

काठमाडौंमा समृद्धि यातायातका नयाँ बस, चल्नेछन् यो रुटमा

काठमाडौं –यातायात क्षेत्रमा रहेको एकाधिकार (सिन्डिकेट) तोडिएपछि काठमाडौं उपत्याकामा विभिन्न नयाँ कम्पनीले सार्वजनिक बस सञ्चालन गर्न थालेका छन् । 

थ्रिफ्ट मल्टिपर्पोज प्रा.लि.ले समृद्धि यातायातको नामबाट काठमाडौंको नयाँ रुटमा स्तरीय बस सेवा सञ्चालनमा ल्याउन लागेको छ । टाटा कम्पनीका ठूला बस निलो कलरमा रंग्यााइएको छ ।

समृद्धि यातायातका बस काठमाडौंको नयाँ बसपार्कबाट गोंगबु, महाराजगञ्ज, जमल, शहीद गेट, टेकु, कालीमाटी, कलंकी हुँदै नयाँ बसपार्कमा पुग्नेछ । 

पछिल्लो समय काठमाडौंमा ऋद्धिसिद्धि र लालुपाते यातायातले पनि सेवा शुरु गरेका छन् ।

लालुपाते यातायातका बस बल्खुबाट कालीमाटी, त्रिपुरेश्वर, बानेश्वर, कोटेश्वर, सातदोबाटो हुँदै पुःन बल्खु र बल्खुबाट सातदोवाटो, बानेश्वर हुँदै सोही रुटमा चल्ने गरेको छ । 

ऋद्धिसिद्धिका बस भने नख्खुदेखि महाराजगञ्ज तथा महाराजगञ्ज, पुतलीसडक, बानेश्वर, कोटेश्वर, सातदोबाटो हुँदै लगनखेलसम्म सञ्चालन हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्