
काठमाडौं – सत्तारुढ दल नेकपाकी एक सांसदले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न संसदमा माग गरेकी छिन् ।
प्रतिनिधिसभाको सोमवार बसेको बैठकको शून्य समयमा सांसद गंगा चौधरी सत्गौवाले बलात्कारीलाई मृत्युदण्डको कानून ल्याउन माग गरेकी हुन् ।
ʻतीन माता– जन्मदिने माता, गौमाता र धर्तीमाताउपर अन्याय हुँदा युग परिवर्तन भएको इतिहास छ । अहिले मलिन कलियुगमा रावण र दुःशासनहरू दिनानुदिन शीर उठाउँदैछन् । जगत्जननी माता कलिला बालिका असुरक्षित छन् । दुश्कर्मी, बलात्कारीलाई फाँसीको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु,ʼ सांसद चाौधरीले भनिन् ।